क्यान्सर पीडित अधिकारीलाई ३ लाख भन्दा बढी सहयोग
स्याङ्जा | साउन १५, २०८०
फेदिखोला: लालीगुराँस युवा क्लब, फेदीखोला–२, खहरे स्याङ्जाले एक कार्यक्रमको आयोजना गरि फोक्सोको क्यान्सर रोगबाट पीडित भई विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्कीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ।
क्लबका पदाधिकारी, सदस्य एवम् स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट संकलित ३ लाख २९ हजार सात सय २९ रुपैया क्लबका अध्यक्ष शंकर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मान बहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीलाई हस्तान्तरण गरेका हुन्। अध्यक्ष शंकर कार्कीले यो अभियानमा क्लबसँग जोडिएर सहयोग गर्नुहुने महानुभावप्रति आभार व्यक्त गरे ।
सो अवसरमा समाजसेवी नरेन्द्रजंग कार्की, केशव कार्की, विजय कार्की, लाल कार्की अन्जान, मोति बहादुर कार्की र डिल बहादुर कार्कीले लालीगुराँस युवा क्लबले विभिन्न दुखसुख एवम् सामाजिक कार्यहरुमा पुर्याएको योगदानको प्रशंसा गर्दै पूजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए भने पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीले क्लबप्रति आभार व्यक्त गर्दै क्लबले संचालन गर्न लागेको आकस्मिक कोषमा आफ्नो तर्फबाट केही सहयोग रकम प्रदान गरेका थिए।
सोही कोषमा नरेन्द्र जंग कार्की, केशव कार्की र लाल कार्की अन्जानले पनि रकम उपलब्ध गराएका थिए। क्लबका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सुजन पौडेलले संचालन गरेका थिए भने कोषाध्यक्ष समीर कार्कीले आर्थिक सहयोग उपलब्ध गराउने महानुभावहरुको नामावली पढेर सुनाएका थिए।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

